स्थानीय तह
सुन्दरहरैंचाका निजी विद्यालय बन्द नहुने, प्याब्सन अध्यक्ष भन्छन्, ‘जिल्लाका सबै निजी विद्यालय सञ्चालन हुन्छन्’
विराटचोकः सरकारले वायु प्रदूषणका कारण देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरे पनि सुन्दरहरैंचाका निजी विद्यालय भने बन्द नहुने भएका छन् ।
‘यहाँ वातावरणीय प्रतिकूलता देखिएको छैन, त्यसैले विद्यालय बन्द गर्नु आवश्यक छैन,’ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाका अध्यक्ष हरिश्चन्द्र ढकालले भने, ‘त्यसैले हामीले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’
विराटनगर महानगरपालिकाले विद्यालय बन्द नगर्ने भनी सूचना नै निकाले पनि सुन्दरहरैंचा नगरपालिकाले त्यस्तो सूचना भने जारी गरेको छैन । तर आफूले मेयर शिवप्रसाद ढकालसँग फोन सम्पर्क गरी विद्यालय सञ्चालन गर्ने जानकारी गराइसकेको अध्यक्ष ढकालले बताए ।
प्याब्सनका मोरङ अध्यक्ष अर्जुन बस्नेतले पनि जिल्लाका सबै निजी शिक्षण संस्था बन्द नहुने बताए । ‘हामी संघीय सरकारको निर्णयविरुद्ध औपचारिक निर्णय गर्दैनाँै’, साँझ साढे ८ बजे भएको फोन सम्पर्कमा बस्नेतले भने, ‘तर, स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाभरका सबै निजी विद्यालय सञ्चालन हुन्छन् ।’
पूर्वमा विद्यालय बन्द गर्नुपर्ने गरी वातावरण प्रतिकूल नभएकाले तत्कालका लागि विद्यालय सञ्चालन गर्ने अनौपचारिक निर्णय भएको बस्नेतले जनाए ।
मोरङको विराटनगर महानगरपालिका र तनहुँको भिमाद नगरपालिकाको शिक्षा शाखाले भने सूचना नै जारी गरेर विद्यालय सञ्चालन गर्ने जनाएका छन् ।
संघीय सरकारले भने वायु प्रदूषण र वातावरणीय असहजताका कारण शुक्रबारसम्म देशभरका विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।
सम्बन्धित समाचारहरुः
मोरङको विराटनगर महानगरपालिका र तनहुँको भिमाद नगरपालिकाले स्कुल बन्द नगर्ने
Banner
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
Banner
आज – ३० बैशाख २०८१ आइतवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
गायक रवि ओड प्रहरी नियन्त्रणमा
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।
जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: सुन्दरहरैंचाका सामुदायिक विद्यालय पनि भोलिदेखि खुल्ने - निष्पक्षखबर